

पशुपन्छी खोपमा भ्रष्टाचार : मर्चवारीका शाखा प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७९र८० को योजना बमोजिम पशुपन्छीलाई खोप तथा औषधि वितरण कार्यक्रम सञ्चालनका लागि बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोप्राइटर लक्ष्मी बस्यालबाट ४ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
भुसालले कार्यक्रम सञ्चालनका लागि उक्त भेट सेन्टरकी लक्ष्मी बस्यालबाट कार्यक्रम प्राप्त गर्न, प्रगति प्रतिवेदन पेस गर्न, भुक्तानीको सिफारिस लगायतको सहजीकरण गरिदिएबापत ४ लाख रुपैयाँ लिएको आरोप छ । भ्रष्टाचारको उजुरीमाथि छानबिन गर्दा बुद्ध भेट सेन्टरको बैङ्क खाताबाट चार लाख रुपैयाँ प्रमुखले घुस लिएको पुष्टि भएपछि विशेषमा अभियोगपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौ
उनीविरुद्ध चार लाख रुपैयाँ बिगो दाबी र भ्रष्टाचार निवारण ऐन २०५९ ९पहिलो संशोधन० को दफा ३ उपदफा १ बमोजिम ६ महिनादेखि १ वर्ष ६ महिनासम्म कैद सजायको माग गरिएको छ । यस्तै बुद्ध भेट सेन्टरकी प्रोप्राइटर बस्यालले खोप कार्यक्रम प्राप्त गर्न ४ लाख रुपैयाँ दिएको कसुरमा शाखा प्रमुख भुषाल बराबरकै कैद र बिगो दाबी गरिएको छ ।

