लोकतन्त्र खतरामा पर्दा नेताले चिन्ता गर्नुपर्दैन, जनताले जोगाउँछन् : रवि
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा पर्दा शीर्ष नेताहरूले चिन्ता मान्नुपर्ने अवस्था नभएको जिकिर गरेका छन्।
आइतबार नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनता र कार्यकर्ताले नै खतरामा परेको लोकतन्त्र जोगाइदिने ठोकुवा गरे।
‘लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो, चिन्ता गर्नुपर्दैन। लोकतन्त्रमा खतरा भए जोगाइदिने जनता छन्, कार्यकर्ता छन्। नेताहरूले चिन्ता गर्नुपर्दैन,’ उनले भने।
सोही मञ्चमा उनीभन्दा अगाडि बोलेका केही नेताहरूले लोकतन्त्रमाथि चिन्ता व्यक्त गरेका थिए।
त्यसतर्फ इंगित गर्दै लामिछानेले भने, ‘नेताहरूले साँच्चै चिन्ता गर्ने हो भने नेतृत्ववर्गले आजसम्म ठूलाठूला युनिभर्सिटी बनेनन्, कसरी बनेनन् कतै सर्वदलीय बैठक बोलाएको सुनेका छौँ? छैन।’