

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।
१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं,’ महतले भने ।

