

भोजपुर बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ८३ प्रतिशत मत खस्यो

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको भोजपुर क्याम्पसमा आज भएको मतदान सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा स्ववियुको नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको हो ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदानमा भोजपुर बहुमुखी क्याम्पसमा कुल पाँच सय ९१ मतमा एक सय ३६ जना छात्र र तीन सय ५४ जना छात्रा गरी चार सय ९० जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश राईले बताए । उक्त मत प्रतिशतमा हेर्ने हो भने ८३ प्रतिशत खसेको हो । सर्वदलिय बैठक पश्चात मतगणना कार्य सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
यस्तै जिल्लाको षडानन्द नगरपालिकामा एक सय ९२ जना कुल मतदाता रहेकोमा एक सय ४१ जनाले मतदान गरेका छन । निर्वाचन सकिएकाले अव सर्वदलिय बैठक पश्चात मतगणना कार्य सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ ।
भोजपुर बहुमुखी क्याम्पसमा क्रियाशिल छ वटा विद्यार्थी संगठनहरु मध्ये नेपाल बिद्यार्थी संघ र अनेरास्वबियुले संयुक्त प्यानल बनाएका छन् भने बाँकी अखिल ९क्रान्तिकारी०, समाजवादी बिद्यार्थी युनियन, अनेरास्वबियू र अखिल ९समाजवादी० ले अर्को प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाल विद्यार्थी संघ र अनेरास्वबियुले संयुक्त प्यानलले अध्यक्षमा अशोक कुमार कार्की, सचिव बिश्मार्क राई, कोषाध्यक्ष बिशाल कार्की, सदस्यहरुमा सहर्शा राई, राजन नेपाल, करुणा मगर, हेमराज काकी र निशान श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
यस्तै अखिल ९क्रान्तिकारी०, समाजवादी बिद्यार्थी युनियन, अनेरास्वबियू र अखिल ९समाजवादी० को संयुक्त प्यानलले अध्यक्षमा सोविन तामाङ, सचिव जीवन राई, कोषाध्यक्ष अभियान चाम्लिङ राई, सदस्यहरुमा निनाम्मा राई, अनिशा राई, रेजिना कट्वाल, नमुना राई र अनिश पराजुलीलाई उम्मेदवार बनाएको छ ।भोजपुरको दुई वटै क्याम्पसमा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

