

स्ववियु निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु

काठमाडौँ। वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदान सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को सभापतिसहितको पदाधिकारी चयनको लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेतापनि २ घण्टा ढिलो मतदान सुरु गरिएको निर्वाचन प्रमुख दिलीप सिंहले बताए । उनका अनुसार निर्वाचनको सबै तयारी पूरा भइसकेकोले बिहानदेखि नै मतदानको कार्यक्रम राखिएको छ । ९ वटा मतदान स्थलबाट मतदान सुरु भएको छ ।
लगभग १६ वर्ष पछाडि ठाकुरराम क्याम्पसमा निर्वाचन हुँदै छ । त्यसकारण यो पटकको निर्वाचनमा धेरै उत्साह देखिएको छ । स्ववियु सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ ।
ठाकुरराम क्याम्पसमा आज हुने निर्वाचनमा १० हजार ७ सय २९ मतदाताले भाग लिँदै छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ ।

