

भोजपुरको अरुण गाउँपालिकामा महेन्द्रोदय मा .वि. द्वारा ६८ औं वार्षिक उत्सव र अभिभावक दिवस सम्पन्न

भोजपुर । पुर्वी अरुण गाउँपालिको ( महेन्द्रोदय मा .वि. पाल्पाले जरायोटारले आफनो ६८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरको छ । प्रमुख अतिथिका रूपमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री उपस्थित हुनु भएका थियो ।
कार्यक्रमको क्रममा विद्यालयका विद्यार्थी र शिक्षकहरूले विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। विद्यार्थीहरूका बीचमा भएका हाजिरिजवाफ प्रतियोगितामा विजेता बनेका शिक्षिकाहरूलाई सम्मानित गरिएको थियो। साथै, विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्ने अभिभावकहरूको पनि प्रशंसापत्र वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले शिक्षा क्षेत्रको विकास बिना कुनै क्षेत्रको विकास सम्भव नहुने कुरा बताएका थिए। उनले आगामी दिनहरूमा पनि शिक्षा क्षेत्रमा निरन्तर सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै, अब प्याउलीमा अरुण बहुमुखी क्याम्पस सञ्चालनको लागि सम्वन्धन प्राप्त गरेका छौं। आगामी वर्षदेखि स्नातक तहको शिक्षा यहाँ उपलब्ध हुनेछ भने।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष गणेश कुमार राई, विद्यालय सल्लाहाकार समितिका सदस्य तथा नेपाली काँग्रेसका नेता श्रीकुमार राई, शिक्षाविद कालमान राई लगायतका व्यक्तिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमले विद्यालयको प्रगति र भविष्यका योजनाहरूको सन्देश प्रवाह गरेको छ।

