निर्माता सरोज न्यौपानेको आनालाई जवाफ : तपाइँका कारण ७० जनाको टिमले दुःख पाउनुपर्ने?
काठमाडौं । चलचित्र ‘जेरी अन टप’ का निर्माता सरोज न्यौपानेले अभिनेत्री आना शर्माले लगाएको आरोपमा सत्यता नरहेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै न्यौपानेले अभिनेत्री आनाका कारण करोडौं लगानी डुब्ने र सिंगो टिमले दुःख पाउने अवस्था आएको बताएका छन्।
अभिनेत्री शर्माले ‘जेरी अन टप’ बाट आफूलाई बिनाजानकारी हटाइएको आरोप लगाएकी थिइन्। तर, निर्माता न्यौपानेले भने बिनासम्पर्क उनी आफैँ हराएको र पटक–पटक फोन गर्दासमेत कुनै रेस्पोन्स नगरेको आरोप लगाएका छन्।
‘उहाँको प्राइभेट लाइफ’ ले करोडौं लगानी गर्ने निर्माता र हाम्रो प्रोजेक्ट ‘जेरी अन टप’मा काम गर्ने ७० जनाले दुःख पाउनु कति सम्मको जायज हो’ न्यौपानेको प्रश्न छ, ‘ निर्माताको पीडा बुझ्न नसक्ने नि कलाकार हुन्छ?’