

दमकमा MNO द्वारा मंगोलवाद प्रशिक्षण कार्यक्रम साथै दमक -२ स्थित टोल गठन सम्पन्न

काठमाडौँ । दिनाङ्क 10 th February 2025 का दिन मंगोल नेशनल अर्गनाईजेशन दमक नगर सभाको विशेष आयोजनामा दमक -२ स्थित “गाँउ गाँउ जाऔं, मुलवासी मंगोल जगाऔँ(अस्तित्व बचाऔँ” अभियान अन्तर्गत मंगोल नेशनल अर्गनाइजेशनको देश व्यापी राष्ट्रिय अभियान अन्तर्गत एमएनओकोे एक दिने मंगोलवाद प्रशिक्षण कार्यक्रम साथै दिलिप तामाङकोे अध्यक्षतामा ११ सदस्य सहित टोल गठन कार्यक्रम सम्पन्न भएको छ ।
एमएनओ दमक नगर अध्यक्ष सान्ता देवी राई ज्यू को सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम एमएनओ कोशी प्रान्तीय सभा सदस्य सम्झना राईको प्रमुख आतिथ्यता साथै एमएनओ कोशी प्रान्तीय सभा सदस्य दिलु सुब्बा को विशिष्ट आथित्यता रहेको थियो ।कार्यक्रममा प्रशिक्षककोे रूपमा एमएनओ कोशी प्रान्तीय सभा सदस्य सम्झना राईले मंगोल अस्तित्व र मानव वर्ण बारे महत्वपूर्ण जानकारी दिंदै मंगोल नेशनल अर्गनाइजेशनको धरोहर,इतिहास ,र राजनैतिक एजेण्डा, धारणाहरु बारे बताउनु भएको थियो ।
उक्त कार्यक्रममा अतिथिको रुपमा एमएनओ झापा जिल्ला सदस्य गजेन्द्र मादेन कोे पनि उपस्थिति रहेको थियो भने एमएनओ दमक नगर सभाका सचिव पेमा दोर्जे तामाङ ज्यूले कार्यक्रम सञ्चालन गरेका थिए ।

