

ललितपुर महानगरपालिका वडा नं.६ द्वारा उद्घोषण तथा सम्बोधन तालिम सुरु

ललितपुर । ललितपुर महानगरपालिका वडा नं। ६ स्थित कार्यालय कनिबहालले उद्घोषण तथा गुणस्तरिय सम्बोधन तालिमको आयोजना गर्न लागेको छ। यो तालिम इच्छुक वडाबासीहरूको लागि उपलब्ध हुने वडाले जनाएकोे छ ।
तालिमको समय दिउँसो १ बजे देखि ३स्३० बजे सम्म हुनेछ र मितिहरू २०८१ माघ २५, २८, २९, ३० तथा फागुन १, २, ३ गतेसम्म तय गरिएको छ। यो तालिम वडा कार्यालय भवनमा हुनेछ।
यस तालिममा २५ जनाको लागि मात्र स्थान उपलब्ध छ, त्यसैले इच्छुक व्यक्तिहरूलाई छिटो सम्पर्क गर्न आग्रह गरिएको छ। विशेषतस् टोल सुधार समिति, मन्दिर र विहार समिति, साथै अन्य संघ र पुचका प्रतिनिधिहरूलाई प्राथमिकता दिइनेछ।

