

राष्ट्रिय सभाबाट पानीजहाज विधेयक २०८१ पारित

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाबाट पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक–२०८१ पारित भएको छ ।
विधेयक पारित भएसँगै समुद्रहरूमा नेपाली ध्वजावाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने भएको छ । यस्तै नेपालभित्रका नदी तथा जलाशयहरूमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरू नियमन र व्यवस्थापनका लागि समेत कानुनी आधार तयार हुने छ ।
आइतबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्री दाहालले जवाफ दिएपछि ‘विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियो । प्रस्ताव माथि कसैले पनि असहमति नजनाए पछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मत पारित भएको घोषणा गरे ।

