

महानगरपालिकाको आयोजनामा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजनामा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ भएको छ। “सडक सुरक्षा, जीवनको रक्षा” नारासहित आयोजित यो कार्यक्रमले ट्राफिक सचेतनाको महत्वलाई उजागर गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा ललितपुर महानगरपालिका, प्याब्सन ललितपुर, प्रहरी परिसर जावलाखेल, र काठमाण्डौं उपत्यका ट्राफिक प्रहरीको सहकार्य रहेको छ। माघ १३ गते आइतबार, नेपाल संवत् ११४५ को पोहेलागा द्वादशीका दिन, ललितपुरका प्रमुख सम्पदास्थल र सडक क्षेत्रमा यस अभियानको थालनी गरिएको हो।
कार्यक्रमको उद्घाटन सत्रमा महानगरपालिकाका प्रतिनिधिहरूले सडक सुरक्षा, प्रभावकारी ट्राफिक व्यवस्थापन, र जनचेतनाको महत्त्वमा जोड दिएका थिए। यस अवसरमा स्थानीय समुदाय, विद्यार्थी, र सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको थियो।
साप्ताहिक रुपमा चल्ने यो सचेतना कार्यक्रमले ट्राफिक नियमहरूको पालनाका साथै नागरिकमा सुरक्षित सडकको विकासको भावनालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
फोटो फिचरहरु :
तस्बिर :तारादेवी श्रेष्ठ

