

आज अरुण गाउँपालिका भर : पूर्व वडा अध्यक्ष प्रेमकुमार राईको निधनमा , एक दिन शोक विदा घोषणा

भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका वडा नं. ४ चरम्बीका समाजसेवी, बुद्धिजीवी, र शिक्षाप्रेमी प्रेमकुमार राईको माघ १० गते असामयिक निधन भएको छ। श्री राई गाउँपालिकाका प्रथम निर्वाचित वडा अध्यक्षसमेत थिए। उनको निधनले गाउँपालिका शोकमग्न भएको छ।
यस दुःखद घडीमा गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एक सूचना जारी गर्दै भोलि माघ ११ गते, शुक्रबारका दिन गाउँपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, र स्वास्थ्य संस्थाहरू बन्द गरी शोक विदा दिने निर्णय भएको सूचनामा जनाएका छन्।

