

समाजवादी सङ्गठनका अध्यक्ष सुवेदी प्रेस चौतारी प्रवेश गर्ने

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्ने भएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदी एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी प्रवेश गर्न लागेका हुन् ।
बिहीबार दिउँसो प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा सुवेदीसहित प्रेस सङ्गठनका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू चौतारीमा प्रवेश गर्न लागेको सुवेदीले बताए ।
‘आज दिउँसो प्रेस चौतारीको कार्यक्रम छ । त्यो कार्यक्रममा मसहित साथीहरू प्रेस चौतारीमा प्रवेश गर्दैछौं’, सुवेदीले भने, ‘म पहिला पनि चौतारीको उपाध्यक्ष नै हुँ ।’
नेकपा एकीकृत समाजवादीका पूर्व प्रचार विभाग सदस्य समेत रहेका सुवेदीलाई पार्टीको प्रतिष्ठामाथि आँच आउनेगरी विचार तथा समाचार लेखेको भन्दै बिहीबार मात्र स्पष्टीकरण सोधेको थियो ।

