मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को सुरुवात: मन्त्री पाण्डेद्वारा सांस्कृतिक मेलाको उद्घाटन
भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रलाई चलाएमान बनाउन आवश्यक रहेको बताएका छन्। उनले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर र खोटाङको सिमाना चखेवाभञ्ज्याङमा सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको उद्घाटन गरेका छन्। मन्त्री पाण्डेले संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धनमा ध्यान दिनुपर्ने बताए। उनले तीन वटै सरकारको सहकार्य र समन्वयले पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कुरा पनि उल्लेख गरे।
मन्त्री पाण्डेले मुन्दुम पदमार्गको विकास र यसले खोल्ने नयाँ संभावनाको बारेमा पनि कुरा गरेका छन्, साथै उडययन क्षेत्रलाई गतिशिल बनाउनको लागि कार्य गर्नुपर्ने बताएका छन्। मेला एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ गाउँपालिकाले आयोजना गरेको हो, र यसमा विभिन्न सांस्कृतिक, पर्यटन र कृषि गतिविधिहरु हुनेछन्।
मेलाको आयोजना चखेवा बजार र शहरीकरण व्यवस्थापन समितिले गरेको छ, र यो माघ पाँच गतेसम्म चल्नेछ। यसमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, प्रतियोगिताहरु, सांगीतिक प्रस्तुतिहरु, र विभिन्न प्रतियोगिताहरु हुनेछन्।