

सुरज खनालको : गुल्मीदेखि काठमाडौंसम्मको संघर्ष र सफलता

काठमाडौं । नेपाली मनोरञ्जन उद्योगका बहुमुखी प्रतिभा, संघर्ष, लगनशीलता र सिर्जनशीलताको बलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। गुल्मी जिल्लाको सानो गाउँमा जन्मिएका सुरजले सानैदेखि ठूला सपना देखेका थिए। सीमित साधन र सहयोगको अभावमा काठमाडौंको यात्रा तय गर्दा उनीसँग कुनै साथी थिएन, तर उनले आफूमा विश्वास राखेर निरन्तर मेहनत गरेका थिए।
उनको संघर्षको पहिलो फल “अतिभो” टेलिसिरियल बन्यो, जुन नेपाल टेलिभिजनमा २०१ भागसम्म प्रसारण भएको थियो। सुरजको लेखन, निर्देशन र अभिनयमा पूर्ण समर्पणले यो कार्यक्रमलाई ग्रामीण समाजका यथार्थ समस्याहरू प्रस्तुत गर्ने उत्कृष्ट माध्यम बनायो। हास्यव्यंग्यको शैलीमा सामाजिक चेतना दिने प्रयासले यस सिरियललाई दर्शकको मन जित्न सफल बनायो र सुरजलाई नेपाली टेलिभिजनको सशक्त व्यक्तित्वको रूपमा स्थापित गरायो।
सुरज खनालको नेतृत्वमा निर्माण भइरहेको “ख्यालठट्टा” टेलिसिरियलले पनि नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ कायम गरेको छ। यो कार्यक्रम केवल मनोरञ्जनका लागि नभई सामाजिक सन्देश दिनका लागि पनि महत्वपूर्ण साबित भएको छ। सुरजका अनुसार, हास्यव्यंग्यलाई समाज सुधारको माध्यम बनाउने पक्षमा उनी सधैं तत्पर छन्।
सिरियल निर्माणसँगै सुरजले थुप्रै म्युजिक भिडियो र सरकारी विज्ञापनहरू निर्देशन गरिसकेका छन्। उनका निर्देशनमा बनेका म्युजिक भिडियोहरूले दर्शकलाई नयाँ अनुभव दिएका छन् भने, सरकारी स्वास्थ्य र शिक्षा अभियानसम्बन्धी विज्ञापनहरूले सामाजिक परिवर्तनमा योगदान पुर्याएका छन्।
सुरज खनाल भन्छन्, “जीवन भनेको नै संघर्ष हो। संघर्ष गर्न छोड्नु हुँदैन। मेहनत, लगनशीलता र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ। आफैंमाथि विश्वास गरेर अगाडि बढ्नुपर्छ।”
उनका आगामी योजना अझ प्रेरणादायक छन्। नेपाली मनोरञ्जन क्षेत्रलाई सशक्त बनाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम निर्माण गर्ने उनको लक्ष्य छ।
सुरज खनालको यात्रा गुल्मीको सानो गाउँदेखि काठमाडौंसम्मको संघर्ष र मेहनतको कथा हो। उनका योगदान र प्रेरणाले धेरैलाई आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ। सुरजको कथाले देखाउँछ, “संघर्षबाट सिकेर र मेहनत गरेर हरेक सपना पूरा गर्न सकिन्छ।”

