

उपाध्यक्ष ढकालको नेतृत्वमा सिक्रेटार हल्ले बेल्टार सडकको अनुगमन सम्पन्न

भोजपुर । अरुण गाउँपालिका उपाध्यक्ष बिनिता ढकालको नेतृत्वमा हल्ले बेल्टार सडकको निर्माण कार्यको अनुगमन सम्पन्न भएको छ। अनुगमन टोलीमा वडा नम्बर ५ का वडा अध्यक्ष युवराज ढकाल, वडा नम्बर ६ का वडा अध्यक्ष गणेश कुमार राई, इन्जिनियर संजिव घिमिरे, र प्राविधिक मविन श्रेष्ठको सहभागिता थियो।
टोलीले अरुण गाउँपालिका वडा नम्बर ७ मा भइरहेको निर्माणकार्यको प्रगतिलाई नजिकबाट अवलोकन गर्दै विभिन्न सुधारात्मक सुझावहरू प्रदान गरेको ७ नम्बर वडाका वडा अध्यक्ष कुमार थापाले जानकारी दिए ।
अनुगमनको क्रममा योजनाको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यस अनुगमनले स्थानीय स्तरमा सडक निर्माणको गुणस्तरमा सुधार गर्न थप योगदान पुर्याउने विश्वास गरिएको छ।
स्थानीय जनताले सडक निर्माण कार्यको प्रगतिमा चासो व्यक्त गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न अनुगमन टोलीलाई धन्यवाद समेत दिएका छन्।

