

च्याटजीपीटी एआईमार्फत ट्रम्पको होटल अगाडि विस्फोट गराइएको थियो मस्कको साइबरट्रक

काठमाडौ। नयाँ वर्षको दिनमा अमेरिकाको लस भेगासस्थित नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटल बाहिर खर्बपति व्यापारी एलन मस्कको टेस्ला कम्पनीको साइबर ट्रकमा विस्फोट गराइयो । सो घटनामा चकित पार्ने खुलासा भएको छ ।
जाँच अधिकारीहरूले बताएअनुसार अमेरिकी सेना संलग्न यस घटनामा ट्रकलाई विस्फोट गराउन च्याटजीपीटीसमेतका जेनरेटिभ एआईको प्रयोग गरिएको दाबी लस भेगास प्रहरीले गरेको हो । विस्फोटमा ३७ वर्षीय म्याथ्यु लिभेल्सबर्गरको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए ।
लिभेल्स्बर्गर सेनाको विशेष बल ‘ग्रिन बेरेट्स’का मास्टर सर्जेन्ट थिए । जर्मनीमा खटाइएका लिभेल्स्बर्गर घटनाको समयमा छुट्टीमा अमेरिका आएका थिए ।
लिभेल्स्बर्गरको कसैको हत्या गर्ने नियत नभएको पनि अनुसन्धान अधिकारीहरूले बताएका छन् । साइबर ट्रक विस्फोट गराउने एआईएको प्रयोगलाई लस भेगास महानगरीय प्रहरी विभागका शेरिफ केभिन म्याकमहिलले ‘गेम चेञ्जर’ भनेका छन् । यस छानबिनका जानकारी अन्य केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँग शेयर गरिरहेको पनि म्याकमहिलले बताए ।

