

टेम्केमैयुङ १ तिम्मा खम्बुखामा प्रेमकुमार राईको घर जलेर नष्ट ५ लाख बढीको क्षती

भोजपुर । भोजपुरको टेम्केमैयुङ १, तिम्मा खम्बुखामा प्रेमकुमार राईको घर आगलागीका कारण पूर्ण रूपमा नष्ट भएको छ।
बुधबार राति बङ्गुरको चारो बसाएर छोड्दा, त्यहाँबाट आगो सल्केर कटेरा भान्छा घर हुँदै मुख्य घरमा पुगेको थियो। आगलागीबाट मानवीय क्षति नभए पनि घरका लत्ताकपडा, भाडाकुडा, अन्न आदि सबै जलेर नष्ट भएका छन्।
प्रहरी चौकी दावा र स्थानीय स्रोतका अनुसार आगलागीबाट भएको भौतिक क्षतिको अनुमान ५ लाख रुपैयाँभन्दा बढी गरिएको छ।

