

यातायात विभागले दैनिक दुई सयभन्दा बढी लाइसेन्स छाप्दै

काठमाडौँ । आइतबार यातायात व्यवस्था विभागले दुई सयभन्दा बढी सवारी चालक अनुमतिपत्र लाइसेन्स छापेको छ ।
विभागले अत्यावश्यक २१३ वटा सवारी लाइसेन्स छापिएको जनाएको हो ।हाल विभागले अत्यावश्यक सवारी लाइसेन्स दैनिक रूपमा छाप्दै आएको छ ।
सार्वजनिक बिदा बाहेकका दिनमा दुई सयभन्दा बढी अत्यावश्यक सवारी लाइसेन्स छाप्दै आएको विभागले जनाएको छ ।

