

पुर्वी अरुण गाउँपालिकाको सिक्ररेटरमा एक टोल, एक सिंचाई पोखरीको निर्माण कार्य सुरु

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिका वडा नम्बर ७ स्थित सिक्ररेटरमा फोस्रेटार सिंचाई पोखरी निर्माण कार्य सफलता पूर्वक अघि बढिरहेको छ। वडा अध्यक्ष कुमार थापाका अनुसार, वडाले एक टोल, एक सिंचाई पोखरीको अवधारणाअनुसार यस पोखरीलाई स्थानीय कृषकहरूको सिचाइ आवश्यकताका लागि बनाउने योजना ल्याएको हो।
पोखरी निर्माण कार्य उपभोक्ता समितिको नेतृत्वमा काम भइरहेको छ । उक्त पोखरी १५ मिटर लम्बाइ, ८ मिटर चौडाइ र २।३० मिटर गहिराइको रहेको छ । यो परियोजना ग्रामीण विकास र कृषिको क्षेत्रमा दीर्घकालीन लाभ पुर्याउने अपेक्षासहित अघि बढेको हो। उपभोक्ता समितिको सक्रिय सहभागिता र पारदर्शिता सुनिश्चित गर्दै निर्माण कार्य भइरहेको छ, जसले योजना र कार्यलाई प्रभावकारी र समृद्ध बनाउनमा मद्दत पुर्याउने छ। वडाध्यक्ष थापाका अनुसार, यस पोखरीको निर्माणले सिचाइ प्रणालीलाई मजबुत बनाउँदै स्थानीय कृषकहरूको कृषि उत्पादनमा वृद्धि गर्नेछ।
सिचाइको अधिकतम उपयोग सुनिश्चित गर्न पाइपको पनि व्यवस्था गरिएको छ। पोखरी निर्माण कार्य सकिएपछि यसले स्थानीय कृषकहरूको सिचाइ पहुँचलाई विस्तार गर्दै कृषि उत्पादन क्षमता वृद्धि गर्नेछ र कृषिमा निर्भर परिवारहरूको आर्थिक स्थिति सुधार्ने छ।
यस परियोजनाले समग्र ग्रामीण विकास र कृषि क्षेत्रको सुदृढीकरणमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। स्थानीय स्रोतसाधनको दिगो उपयोग प्रोत्साहित गर्ने र समग्र सामाजिक(आर्थिक स्थितिमा सुधार ल्याउने यस योजना बाट ठूलो आशा गरिएको बडाध्यक्ष थापाले बताउनुभयो।
यो योजना एक उदाहरणको रूपमा अघि बढ्न सक्ने र अन्य ग्रामीण क्षेत्रहरूमा पनि लागू गर्न सकिनेछ भन्ने विश्वास साथ गरिएको छ।

