च्याङग्रेमा दोस्रो संस्करण गोल्डकप फुटबल प्रतियोगिता माघ १ गतेदेखि सुरु
दिबस श्रेष्ठ,
भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा रहेको केन्द्र च्याङग्रेमा दोस्रो नकआउट गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। गत वर्षबाट शुरू भएको यो प्रतियोगिताको दोस्रो संस्करण माघ १ गतेदेखि सुरु हुँदैछ।
पौवादुङ गाउँपालिका खेलकुद विकास समिति च्याङग्रेको आयोजनामा र गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता तयारी थालिएको छ। प्रतियोगिता नाइन ए साइडका रुपमा हुनेछ र सहभागिताका लागि आवेदन पनि माग गरिएको छ। आयोजकले पुष २१ गते खेल तालिका सार्वजनिक गर्ने जानकारी दिएका छन्।
प्रतियोगिताको विजेताले उपाधीसहित नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै, विधागत उत्कृष्ट खेलाडीलाई पनि उपयुक्त पुरस्कारको व्यवस्था गरिएको छ।
यो प्रतियोगिताले पालिकाको खेलकुद गतिविधि र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै गाउँपालिका अध्यक्ष किरण राईले यसको महत्त्वलाई टिप्पणी गरेका छन्।