रास्वपाका सभापति लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट समेत हटेका छन् ।
सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि संघीय संसद सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो ।
लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्था समितिको सदस्य समेत नरहेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताएका हुन् ।
लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए । मंगलबारको बैठकमा सभापति खतिवडाले सांसद पदबाट निलम्बित भएसँगै राज्य व्यवस्था समितिबाट समेत निलम्बित भएको बताएका हुन् ।