फेस अफ मारवाडी २०२४ को फोटो सुट सम्पन्न
काठमाडौँ । फेस अफ मारवाडी २०२४ को फोटो सुट सम्पन्न भएको छ। पेज ३ द्वारा आयोजना गरिएको यो प्रतिष्ठित कार्यक्रम लामो समयपछि सम्पन्न भएको हो ।
यस कार्यक्रमले बालबालिकाहरूको कला र प्रतिभा उजागर गर्ने उद्देश्य राख्दछ, र यस वर्षको फेस अफ मारवाडी किड्स २०२४ मा ५ देखि १९ वर्ष उमेरका बालबालिकाले भाग लिएका थिए । यसले विद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरूलाई आफ्नो कला र क्षमताहरू सार्वजनिक गर्ने अवसर समेत प्रदान गरेको थियो ।
फेस अफ मारवाडी २०२४ को जजको रूपमा चर्चित कलाकार दीपक कार्की, स्वेता सिरोहिया रोक्का, र रेखा मोदी मित्रुका रहेका थिए। यस प्रतिस्पर्धाको मिडिया पार्टनरको रुपमा युथ फ्रंटलाइन डट कम र प्रमोसन पार्टनरका रुपमा ग्लामरसआइकन प्लसले गरेको थियो ।
सम्पूर्ण कार्यक्रम बालबालिकाको प्रतिभा प्रस्फुटन गर्नका लागि एउटा सुनौलो अवसर साबित समेत उक्त कार्यक्रमले गरेको छ ।