अरुण गाउँपालिकाको सिक्रेटारमा सिचाइ व्यवस्थापन र सडक निर्माणको अनुगमन कार्य सम्पन्न
भोजपुर। भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७, सिक्रेटारमा हालै सम्पन्न सिचाइ व्यवस्थापन र सडक निर्माणको अनुगमन कार्यले स्थानीय विकासमा नयाँ मापदण्ड राखेको छ। यस अनुगमनमा सिचाइ र सडक निर्माणका विभिन्न योजनाहरूको प्रभावकारी कार्यान्वयन र परिणामहरूको मूल्याङ्कन गरिएको उपाध्यक्ष बिनिता ढकालले जानकारी दिए ।
यस योजनाले गाउँको कृषि र यातायातमा सुधार ल्याउने उद्देश्य राखेको छ। ४ लाख रुपैयाँको बजेटमा सिचाइका लागि पाइप प्रणाली स्थापना गरिएको छ, जसबाट करिब ४० घरधुरीलाई फाइदा हुनेछ। यो परियोजनाले गाउँका जनताको कृषि उत्पादन र जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको वडाका वडाअध्यक्ष कुमार थापाले जानकारी दिए ।
त्यस्तै, नसुवाखोलादेखि राईटारसम्मको सडक निर्माणले गाउँलेहरूको दैनिक जीवनलाई सहज बनाउने छ। यो सडकले यातायातको सञ्जाललाई बलियो पार्ने र आर्थिक गतिविधिमा नयाँ अवसरहरूको सिर्जना गर्ने सम्भावना प्रस्तुत गर्छ।
अनुगमन कार्यको नेतृत्व लागि अरुण गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले गरेकी थिइन। उनीसँगै, प्र।प्र।अ। अग्नि प्रसाद पराजुली, योजना अधिकृत शालिकराम लुईटेल, इन्जिनियर संजीव घिमिरे, र प्राविधिक मविन श्रेष्ठ लगाएतको टोली उपस्थित थियो।
यस अनुगमनले सार्वजनिक योजनाको पारदर्शिता र प्रभावकारी कार्यान्वयनमा स्थानीय प्रशासनको प्रतिबद्धता पुष्टि गरेको छ। यस प्रकारका योजनाहरूको निरन्तरता र सही कार्यान्वयनले अरुण गाउँपालिकाको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ।