आज पूर्वी नेपालमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा राति हिमपात हुने
काठमाडौं । आज मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा हिमाली क्षेत्रमा एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
आज बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।