भोली देखि लागु हुनेगरी अन्डाको मूल्य बढ्यो
काठमाडौं । कुखुराको अन्डाको मूल्य बढ्ने भएको छ ।
५ पुसदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढाएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको हो ।
संघका अनुसार मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको हो ।संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार मानेर बिक्री मूल्य तय भएको हो ।
संघले अन्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेट सहितको प्रति पेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ । अब बजारमा अन्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ बढी पर्ने भएको छ ।