पश्चिमी वायुको सामान्य प्रभाव, कहाँको तापक्रम कति
काठमाडौँ । हाल देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार डडेलधुराको न्यूनतम तापक्रम ४ र अधिकतम १९ डिग्री सेल्सियस रहेको छ ।
यसैगरी धनगढीको न्यूनतम ७ र अधिकतम २६, वीरेन्द्रनगरको न्यूनतम ४ र अधिकतम २३, काठमाडौँको न्यूनतम ३ र अधिकतम २०, विराटनगरको न्यूनतम ९ र अधिकतम २८ डिग्री सेल्सियस रहेको छ ।
यसैगरी धरानको न्यूनतम १० र अधिकतम २७ डिग्री सेल्सियस रहेको छ ।