विभन्न क्रिसमस गिफ्ट दिने भन्दै नेपाल टेलिकमको नाममा ठगी धन्दा, सतर्क रहन आग्रह
काठमाडौं। नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा ठगी फैलाउने काम सुरु भएको पाइएको छ।
‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ भन्ने नाममा पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्कहरू फैलाइएको छन्। यस प्रकारका लिङ्कहरूमा प्रयोगकर्तालाई सुरक्षित तरिकाले लिङ्क खोल्ने र केही प्रश्नहरूको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिन्छ भन्ने प्रचार गरिएको छ। यसका साथै, अन्य प्रयोगकर्ताले पुरस्कार पाएको छ भन्ने लेखेर विश्वासलाई बढावा दिन खोजिएको छ।
नेपाल टेलिकमका प्रवक्ता, हरि ढकालका अनुसार, कम्पनीले हालसम्म कुनै क्रिसमस गिफ्ट योजना ल्याएको छैन। उनले भने, “यो सबै भ्रामक र गलत प्रचार हो। यसमा कुनै सत्यता छैन।” प्रवक्ता ढकालले यस्ता लिङ्कहरूमा क्लिक नगर्न र कुनै पनि अफरको बारेमा जानकारी प्राप्त गर्न नेपाल टेलिकमको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट र वेबसाइटमार्फत जानकारी लिन आग्रह गरे।
साइबर सुरक्षा विज्ञहरूले भने, यस्ता शङ्कास्पद लिङ्कहरूमा मालवेयर र भाइरस लुकेको हुनसक्ने सम्भावना हुने भएकाले, क्लिक गर्दा प्रयोगकर्ताको व्यक्तिगत जानकारी ह्याकरको पहुँचमा जान सक्ने चेतावनी दिएका छन्।
नेपाल टेलिकमको आधिकारिक बयान अनुसार, यस्तो ठगी र गलत प्रचारबाट जोगिन प्रयोगकर्ताले सतर्क रहनु अत्यन्त आवश्यक छ। यस प्रकारको अनधिकृत अफर र लिंकमा नपर्न सबैलाई सचेत गराइएको छ।
सुझावस् :
- अनधिकृत लिङ्क र अफरमा नपर्नुहोस्।
- आफ्नो व्यक्तिगत जानकारी र पासवर्ड सुरक्षित राख्नुहोस्।
- आधिकारिक स्रोत र वेबसाइटमार्फत मात्र अफर र योजना बारे जानकारी प्राप्त गर्नुहोस्।
यस प्रकारका साइबर ठगी र धोखाधडीबाट बच्न प्रयोगकर्ताले थप सजग र सतर्क रहनु आवश्यक छ।