विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा पुनः अस्मिता भण्डारी
काठमाडौँ । विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा पुनः अस्मिता भण्डारी निर्वाचित भएकी छिन् । महासंघको ११औँ महासम्मेलनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
जनकपुरधाममा सोमबार भएको महाधिवेशनमा महासंघको अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश शम्भु बहादुर खड्काको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिको सदस्यहरूमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरी थिए ।
सम्मेलनमा विश्व हिन्दु महासंघका अन्तर्गत भारत, नेपाल,अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरूबाट प्रतिनिधिहरूको सहभागिता थियो ।
त्यस्तै, जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम रोशन दास, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ लगायत भारतबाट विभिन्न सन्तहरू समेत सहभागी थिए ।