एकीकृत समाजवादीले आज स्थायी कमिटी बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ ।
पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे आधिकारिक निर्णय पनि आज सार्वजनिक गरिने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
मङ्सिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । छलफलमा नेताहरूले कुनै पार्टीसँग एकीकरण गर्न नहुनेमा जोड दिँदै आएका छन् ।