ललितपुरका विभिन्न स्थानमा इन्टेलिजेन्ट ट्राफिक लाइट जडान
काठमाडौं । ललितपुर महानगरपालिकाले नगरका विभिन्न स्थानमा इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेको छ ।
१०६ औँ स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच इन्टेलिजेन्ट ट्राफिक लाइटको उद्घाटन गरिएको हो । महानगरमा जडान गरिएको इन्टेलिजेन्ट ट्राफिक लाइट नेपालकै पहिलो भएको ललितपुर महानगरका महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
नयाँ प्रविधिको लाइटले बढी पाँच हुने स्थानमा स्वचालित रूपमा नै समय निर्धारण गरेर जाम खुलाउने उनले बताए ।
महानगरले पहिलो चरणमा पुल्चोक, जावलाखेल र कान देवतास्थानमा इन्टेलिजेन्ट ट्राफिक लाइट गरेको छ ।