यू-१९ एक दिवसीय सिरिज : नेपालले हङकङलाई ३ विकेटले हरायो
काठमाडौं । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको एक दिवसीय यू(१९ सिरिजमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको छ ।
हङकङ यू-१९ टोलीले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २६.४ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक २३, दिलसाद अलीले १८, सन्तोष यादवले १५, कप्तान अभिषेक तिवारीले १०, सोहैल कुँवर र अपराजित पौडेलले समान ९र९, सूर्यांशु कोइरालाले ६, रोशन विश्वकर्माले ४, नरेन भट्टले २ र बनाए । नेपालले अतिरिक्त ९वाइड र एलबी०बाट २० रन जोड्यो ।
हङकङका डानियल म्यापले ४ तथा थोम्स अलेक्जेन्डर फुजेस, शायन पुरी र ह्यारी होडसनले समान एकरएक विकेट लिए ।
त्यसअघि टस हारेले पहिले ब्याटिङ गरेको हङकङले ४१.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो । हङकङका लागि अब्दुल समादले अविजित ५० रन बनाए । कप्तान शिव माथुरले २० र प्रीत मंगुकियाले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङले अतिरिक्त (बाइ, नो बल, वाइड, एलबी) १८ रन जोड्यो ।
नेपालका सन्तोष यादवले ४, दयानन्द मण्डलले २, कप्तान अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले समान एकरएक विकेट लिए ।