बालुवाटारमा आज पनि मन्त्रिपरिषद् बैठक
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज पनि बसेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे बस्ने गरी बैठक बोलाएका भए पनि केहीबेरअघि मात्र सुरू भएको हो।
बिहीबार राति पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। धेरै एजेन्डा भएको र छलफल नसकिएको कारण आज पनि बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए।