कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गरौँ :सांसद योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गर्नुपर्ने बताएका छन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद भट्टराईले जनताले दक्ष प्रशासन खोजेको बताए । उनले भने, ुसंविधान निर्माणपछिको डिपार्चर हो ।यसलाई विधेयकले सम्बोधन गर्नुपर्छ । विगतका मान्यता बदल्नुपर्छ । राजाको पालामा कर्मचारीको काम कहिले जालाघाम भन्ने थियो ।ु आफ्नो काम, सन्तोषजनक दाम, सेवामा हुनेछैन कम भन्ने नारा हुँदा राम्रो हुन्छ ।
सांसद भट्टराईले कर्मचारीको सरुवा गर्दा कम्तीमा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताए । उनले कर्मचारी ट्रे्ड युनियनको बहस नगर्न पनि आग्रह गरे ।