पहिलो कार्यपालिका बैठकमा रास्वपा वडाध्यक्ष श्रेष्ठ- स्वागत न शब्द
काठमाडौं । काठमाडौं महानगरपालिकाको आज आइतबार ३७ औं कार्यपालिका बैठक बस्यो । बैठकमा पहिलोपटक सहभागी भइन् वडा नम्बर १६ की नवनिर्वाचित अध्यक्ष रोजिना श्रेष्ठ ।
गत साता भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट वडाध्यक्ष चुनिएकी श्रेष्ठ उक्त पार्टीबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने पहिलो जनप्रतिनिधि हुन् ।
श्रेष्ठ निर्वाचित भएसँगै काठमाडौं महानगरपालिकाले वडाध्यक्ष पदमा एका महिला प्राप्त गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर १४ मा शोभा सापकोटा अध्यक्ष पदमा निर्वाचित भए पनि २०७९ को निर्वाचनमा अध्यक्ष पदमा महिला संख्या शून्य थियो । तर, उनी सहभागी पहिलो बैठकमा एक शब्द पनि बोलिनन् ।
२६ विषय र एउटा विविध सहित २७ प्रस्तावमा कार्यपालिका सदस्य सुमन श्रेष्ठ, मचाराजा महर्जन, विमलकुमार होडा, दलबहादुर कार्की, सरोज ढकाल, ईश्वरमान डंगोल, बालकृष्ण महर्जन, मीना सिंह, मैयाँलक्ष्मी महर्जन र उदयचुडामणि बज्राचार्यले छलफल गर्दा उनी भने मौन नै बसिन् । कार्यपालिका सदस्यले औपचारिक रूपमा बोल्दा उनले भने ध्यान दिएर सुने पनि केही बोलिनन् ।
भएन औपचारिक स्वागत
यसो त स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडाध्यक्ष स्वतः कार्यपालिका सदस्य हुन्छ । स्थानीय तहको शक्तीशाली बोर्ड हो । तर, आफ्नो कार्यपालिका निर्वाचित भएर नयाँ सदस्य आउँदा औपचारिक स्वागत भने भएको देखिएन ।
श्रेष्ठलाई निर्वाचित भएपछि कार्यभार सम्हाल्ने बेला महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले औपचारिक कार्यक्रम राखेर स्वागत गरेका थिए । तर, कार्यपालिकामा भने उनलाई बधाई र स्वागतको कार्यक्रम राखिएको थिएन ।
‘उपनिर्वाचनको अवस्थाबाट पहिलो पटक नयाँ जनप्रतिनिधि महानगरमा आउनुभएको हो । स्वागत कार्यक्रम हुनुपथ्र्यो तर त्यस्तो केहि भएन । नेतृत्व तहले गरिसकेको भए पनि बोर्डमा बधाइको प्रस्ताव आउनुपथ्र्यो तर आएन,’ कार्यपालिकाका एक सदस्यले भने ।
उनका अनुसार वडाध्यक्ष श्रेष्ठलाई अनौपचारिक रूपमा बधाइ दिए पनि औपचारिक रूपमा बोर्डले स्वागत गरेन ।