फेरी नेपालमा तीन विषादी प्रतिबन्धित
काठमाडौँ । नेपाल सरकारले तीन प्रकारका विषादी प्रतिबन्धित लगाएको छ । सरकारले नेपाल राजपत्रमा सूचना जारी गर्दै नोलमा पाराक्वाट, क्लोरपाइरिफोस र फोरेट नामक विषादी प्रतिबन्ध लगाएको हो ।
शुक्रबार प्रकाशित सूचनामा सो विषादी उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको उल्लेख छ । बाँकी रहेका विषादीहरू पाराक्वाट र क्लोरपाइरिफोस दुई वर्षभित्र समाप्त,प्रयोग गरिसक्नु पर्नेछ ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सेफेडले यी विषादी र विषाक्त रसायनहरूका विषयमा लामो समयदेखि काम गर्दै आएको छ । केन्द्रले प्रतिबन्ध लगाएको विषादीको प्रभावकारी कार्यान्वयनको माग गरेको छ ।