

अरुण गाउँपालिका ७ नं. वडा कार्यालयले स्वास्थ्य बिमा कार्यक्रमको आवेदन सङ्कलन सुरु गर्यो

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा नं. ७ कार्यालयले स्वास्थ्य बिमा कार्यक्रमको आवेदन सङ्कलन सुरु गरेको छ। यस कार्यक्रमको उद्देश्य आर्थिक विपन्न र लक्षित वर्गका नागरिकहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु हो। २०८१/८२ को बजेट अन्तर्गत यो कार्यक्रम स्वीकृत गरिएको छ।
गाउँ कार्यपालिकाको मिति २०८१/०८/१२ को बैठकमा निर्णय भएको छ कि बिमा शुल्कको २८.५७ प्रतिशत नागरिक र ७१.४३ प्रतिशत वडा कार्यालयले व्यहोर्ने छ। यस कार्यक्रमबाट मुख्यतः गरिब, विपन्न, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित हुनेछन्।
आवेदन गर्न चाहने व्यक्तिहरूलाई २०८१/०८/२८ भित्र निम्न कागजातहरूसहित वडा कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरिएको छ ।
तपशिल कागजातहरु:
- निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (परिवारका सम्पूर्ण सदस्यहरूको विवरण )
- अपाङ्गता भएका व्यक्तिको हकमा अपाङ्गता परिचयपत्रको प्रतिलिपी
क, वर्गका अपाङ्गता भएका व्यक्तिहरूका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा प्रदान गरिनेछ। साथै, बिमा नविकरण गरिसकेका नागरिकहरूले यस वर्षका लागि पुन :आवेदन दिनु आवश्यक छैन।
स्वास्थ्य बिमाबाट लाभ उठाउन इच्छुक नागरिकहरूले निर्धारित मितिसम्म आवश्यक कागजात पेश गर्नुपर्नेछ।
निवेदनको नमुना:

