आज विश्व माटो दिवस माटोको सुधार :परीक्षण, रेखदेख र उपचारु भन्ने नाराका साथ मनाइँदै
काठमाडौँ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि आज विश्व माटो दिवस मनाइँदै छ ।
‘माटोको सुधारस् परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष एघारौँ विश्व माटो दिवस मनाउन लागिएको हो । जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभरि विश्व माटो दिवस डिसेम्बर ५ का दिन मनाउने गरिएको छ । हाल नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो रहेको जनाइएको छ ।
नेपालको खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरै जसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने सरोकारवालाले जनाएका छन् ।
नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ । यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र ९नार्क०, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना लगायतको समन्वयमा दिवस मनाउन लागिएको जनाइएको छ ।