एनपीएलमा विराटनगर किङ्सले पहिलो जित पायो
काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो ।
विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो ।
लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो ।
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए ।
विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे । त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हान्दै खेल जिताए ।
सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौ बलमा लगातार चौका हाने ।
सोलले ४ बलमा अविजित १४ रन बनाए । दिपक बोहरा ९ रनमा अविजित रहे ।
विराटनगरको जितको आधार खडा गरेका ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बल खेल्दै ३ चौका र ६ छक्का प्रहार गरे । यस्तै बसिर अहमदले २३ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ४० रन योगदान गरे ।
मार्टिन गप्टिलले १७ बलमा ६ चौका प्रहार गर्दै २८ रन बनाए ।
लोकेश र गप्टिलले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । यस्तै लोकेशले पाँचौ विकेटका लागि बसिरसँग ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जुन खेलको जितमा आधार बनेको थियो ।
बलिङमन लुम्बिनीका लागि दुरग्श गुप्ताले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै साद विन जफर र रामोन सिमोण्ड्सले २(२ विकेट लिए । सादले ३५ तथा सिमोण्ड्सले ३३ रन खर्चिए ।
सबैऐन्दा महँगा बनेका विवेकले ३।५ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।