एनपीएलमा खुलेआम सट्टेबाजी,सम्बन्धित निकाय मोहन
काठमाडौं । सबैको व्यग्र प्रतिक्षाका बीच नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरू भयो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको नेपालकै पहिलो फ्रेन्चाइज क्रिकेट लिग सुरू भएपछि खेलाडीदेखि दर्शकसम्म सबै उत्साहित देखिन्थे । यस्तो लाग्थ्यो कीर्तिपुरमा क्रिकेटको उत्सव चलिरहेको छ ।
नाम चलेका विदेशी खेलाडी ल्याउनेदेखि लिएर ‘होम अफ नेपाली क्रिकेट’ भनेर चिनिने त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका काममा क्यानले राम्रो ध्यान दिएको देखियो तर पछिल्लो समय नेपालमा सट्टेबाजी खेल्ने र खेलाउनेलाई समातिएको बेला भने एनपीएल क्रिकेटमा खुले आम सबैले देखिने गरि प्रचार प्रसार गरिएको छ । यसरी प्रचार प्रसार गर्दा किन सम्बन्धि निकाएले ध्यान दिएको छैन ।
सट्टेबाजीमा प्रयोग हुने वानएक्स बेटका नेपाली एजेन्ट र अन्य बेटिङमा प्रयोग हुने अनलाइनबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्त एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्। यसबाट हुन सक्ने घटनाका लागी ब्युरोबाट प्रहरी उपरीक्षक नेतृत्वको टोलीले त्यसबारे निगरानी समेत गरिहेको छ ।
अहिले नेपालमा वुल्फ ७७७ नामको अनलाइन एपलाई कारवाही गरिसकेको छ । बेटिङ गर्न खोलीएका अनलाइन र बेटिङमा यस अघि संलग्र भएकाहरुलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।
त्यस्तै अहिले अनुसन्धान कार्यलयबाट १० जनाको टिम क्रिकेट मैदानमा परिचालन गरिएको ।