भित्र रविको बयान, बाहिर पत्नी निकिताको प्रतीक्षा
काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान जारी छ ।
बिहीबार पोखराबाट काठमाडौँ ल्याएका लामिछानेको शुक्रवार बिहानबाट बयान सुरु भएको हो । सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा लामिछाने पत्नी निकिता पौडेल पनि सरकारी वकिलको कार्यालय परिसरमा पुगेकी छन् ।
कात्तिक २ गते पक्राउपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौँ ल्याइएको हो ।