गृह मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष सञ्चालन हुने
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो सेवासँग सम्बन्धित गुनासो सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरेको छ ।
गुनासो सुनुवाइ कक्ष सञ्चालनमा आएको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सेवाग्राहीले कार्यालय प्रमुख वा विभागीय प्रमुखसँग गर्न सक्नेछन् ।
विभिन्न माध्यम र प्रक्रियाबाट आएको गुनासो सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत प्राथमिकताका साथ सुनुवाइ गर्ने व्यवस्था मिलाएको सहसचिव तिवारीले बताए । उनले भने, ‘सम्बन्धित निकायबाट गुनासो सुनुवाइ हुन सकेमा गुनासो कक्षको इमेल hellogriha@gmail.com, फेसबुक हेलो गृह मन्त्रालय, एक्स हेलो गृह mohagunaso, ह्वाट्सएप (९८५१३६०६०३), र हुलाकमार्फत लिखित रूपमा पनि गुनासो राख्नु सकिनेछ ।