मानव बेचबिखन तथा ओसारपसारमा सुनसरीबाट एक जान पक्राउ
काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरीबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका वडा नं। १२ का २६ वर्षीया सनोज सदालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वडा नं। ८ भान्टाबारीमा चेकजाँच गर्ने क्रममा एक जना पुरुषसहित चार जना बालिकाहरू पैदल नेपालबाट भारततर्फ गइरहेको अवस्थामा फेला पारिएको थियो ।
प्रहरीले शङ्का लागेर सोधपुछ गर्दा भारतमा काम गर्ने मानिसहरूको आवश्यकता छ, भनेजस्तो पैसा दिन्छु भनेर ललाईफकाई प्रलोभनमा पारेर चार जना बालिकाहरू भारततर्फ लैजाँदै गर्दा सदालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बालिकाहरूको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । पक्राउ परेका सदालाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।