![covid-19](https://www.youthfrontlines.com/wp-content/uploads/2024/03/promo15.gif)
![nepal-telecome](https://www.youthfrontlines.com/wp-content/uploads/2024/03/promo17.gif)
त्रिभुवन विमानस्थलबाट मात्रै ४ महिनामा सवा ५३ अर्बको वैदेशिक व्यापार
![त्रिभुवन विमानस्थलबाट मात्रै ४ महिनामा सवा ५३ अर्बको वैदेशिक व्यापार](https://www.youthfrontlines.com/wp-content/uploads/2024/11/download-5.jpeg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार महिना साउन–कात्तिक अवधिमा सवा ५३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागका अनुसार त्रिभुवन विमानस्थल नेपालको मुख्य भन्सार बिन्दुमध्ये एक हो । काठमाडौं विमानस्थलबाट ४० अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ७.९७ प्रतिशत हो । यस वर्ष पहिलो चौमासिकमा ५ खर्ब १३ अर्ब बराबर वैदेशिक व्यापार भएको छ ।
यो विमानस्थलबाट चार महिनामा १२ अर्ब ३५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । तेस्रो मुलुकमा वस्तु निर्यात गर्न त्रिभुवन विमानस्थल बढी प्रयोगमा आउने गर्छ ।
यस वर्ष पहिलो चौमासिकमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । नेपालमा कुल २८ भन्सार बिन्दुबाट व्यापार भएको छ । जसमध्ये आयात र निर्यात दुवैमा वीरगञ्ज मुख्य बिन्दु हो । नेपालका अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट भने वैदेशिक व्यापार नगन्य छ । त्यसमा पनि पोखराबाट भने शून्य छ ।
कुल निर्यातमा काठमाडौं विमानस्थलको हिस्सा २३.४५ प्रतिशत छ ।
![ime-pay](https://www.youthfrontlines.com/wp-content/uploads/2024/03/promo16.gif)
![nepal-life-adds](https://www.youthfrontlines.com/wp-content/uploads/2024/03/promo14.gif)