मेडिकल व्यवसायी प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ ।
साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो । उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।