सुन आयातमा भारी गिरावट
काठमाडौं । सुन आयातमा भारी गिरावट आएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष पहिलो चौमासिक साउन–कात्तिक सम्म १ लाख ३२ हजार ५ सय ६४ ग्राम १३२।५६४ किलो सुन आयात भएको छ ।
यसका लागि १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । सुन आयातबाट राज्यले २८ करोड ५५ लाख रुपैयाँ राजस्व उठाउन सकेको छ ।
उता, गत आव पहिलो चौमासिकमा १० लाख ५ सय ग्राम ९१०००.५ किलो० सुन आयात भएको थियो । जसका लागि ८ अर्ब २० करोड ८१ लाख रुपैयाँ विदेशिएको थियो । राज्यले १ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सुनको गहना आयात भने पहिलो चौमासिकमा केही वृद्धि भएको छ । अघिल्लो आव कात्तिकसम्म ११ करोड ३२ लाख रुपैयाँ बराबर गहना आयात भएकोमा यस वर्ष भने १९ करोड ८ लाख रुपैयाँ बराबर भएको छ ।
काँचो सुनमा भारी गिरावट आउनुमा एकातर्फ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दा खपत कम हुनु र अर्कातर्फ मुलुकभित्र कर वृद्धि हुनु समेत कारण हो ।