

आज दरबारमार्ग सहित माइतीघर र कोटेश्वरमा प्रदर्शन हुदै

काठमाडौं । आज काठमाडौंमा सत्तारुढ दल एमाले सहितका अन्य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् ।
सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्क विन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।
यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरूको प्रदर्शन पनि जारी हुनेछ । उनीहरूले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन् । उनीहरूले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् ।
सहकारी ठगीमा संलग्नहरु माथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।
यता, फेरी दुर्गा प्रसाईले एमाले सँग किन जुदाए त आन्दोलन । प्रसाई अहिले जेलमा हुँदा पनि समर्थकहरूले आज काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरूले प्रदर्शन गर्न लागेका हुन् ।
आज तीन पक्षले फरकफरक ठाउँमा एकै समयमा प्रदर्शनको तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । आखिर जनतालाई के उपलब्धि होला , जनता सँधै सडकमा, न्याय दिनु बसेको न्यायलय किन मोहन छ ।

