रुसले लामो दुरीको मिसाइल हान्यो
काठमाडौं । रुसले लामो दूरीको मिसाइल हानेको युक्रेनले बताएको छ ।
युक्रेनको हवाई बलका अनुसार रुसले अस्त्रखान क्षेत्रबाट बिहीबार बिहान अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल आईसीबीएम प्रहार गरेको हो ।
युक्रेनसँग युद्ध सुरु भएयता रुसले युक्रेनलाई ताकेर आईसीबीएम प्रहार गरेको यो पहिलो पटक हो । यस्ता मिसाइल हजारौँ किमी परसम्म पुग्न सक्छन् ।
आफूले आक्रमणको क्रममा ६ वटा केएच–१०१ क्रुज मिसाइल खसालेको युक्रेनको सेनाले पनि भनेको छ ।
अमेरिकाले युक्रेनलाई रुसी भूमिमा आफूले दिएको लामो दूरीको मिसाइल प्रयोग गर्ने अनुमति दिएको केही दिनमै रुसले यस्तो कदम चालेको हो ।