सुनको भाउ तोलामा १ हजार बढ्यो
काठमाडौं । सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६१ हजार रुपैयाँ पुगेको हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सोअनुसार समायोजन हुँदा तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेर त्यसयता न्यूनतम १ लाख ६० हजारसम्म झरेको थियो ।
चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।