नेपालले अफगानिस्तानलाई २- ० गोल हरायो
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले हराएको हो ।
दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो । डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
रोहितले नेपालका लागि करियरकै पहिलो गोल गरेका हुन् । उनले डेब्यू गरेको १५ वर्षपछि उनले नेपालका लागि गोल गरेका हुन् ।
नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो ।